काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।