×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राप्रपाद्वारा भण्डाफोर सभा घोषणा

राप्रपाद्वारा भण्डाफोर सभा घोषणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भण्डाफोर सभाको घोषणा गरेको छ । बिहीबार पार्टी महामन्त्री राजेन्द्र गुरुङले विज्ञप्ति जारी गर्दै सातै प्रदेशमा वृहत् भण्डाफोर सभा गर्ने जनाएका हुन् ।

भ्रष्टाचार, व्यथितिविरुद्ध र हिन्दू राष्ट्र तथा राजसंस्थाको पक्षमा भण्डाफोर सभा गरिने उनले बताए ।

महामन्त्री गुरुङका अनुसार गण्डकी प्रदेशमा फागुन ९ गते पोखरा, लुम्बिनी प्रदेश फागुन १७ गते बुटवल, सुदूरपश्चिम प्रदेश फागुन १८ धनगढी, मधेस प्रदेश फागुन २१ जनकपुर, बागमती प्रदेश फागुन २५ काठमाडौँ र कर्णाली प्रदेश फागुन २७ सुर्खेतमा भण्डाफोर सभा हुनेछ ।

r

प्रतिकृया दिनुहोस्