×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नेपाल कृषि इन्जिनियर्स सोसाइटीको अध्यक्षमा चन्द निर्वाचित

नेपाल कृषि इन्जिनियर्स सोसाइटीको अध्यक्षमा चन्द निर्वाचित

काठमाडौँ । नेपाल कृषि इन्जिनियर्स सोसाइटीको अध्यक्षमा इन्जियर डा.जित चन्द निर्वाचित भएका छन् । सोसाइटीको उपाध्यक्षमा इन्जियर डा.आनन्द मिश्र, सचिवमा इन्जियर सुवास अधिकारी, सहसचिवमा इन्जियर समिर श्रेष्ठ, कोषाध्यक्षमा इन्जियर सन्देश राई, सदस्यमा इन्जियर डा।शिवकुमार झा, इन्जियर संगीता श्रेष्ठ र इन्जियर सुरज थापा निर्वाचित भएका छन् । यो कार्यसमितिको पदावधि दुई वर्षको रहनेछ ।

विज्ञान र टेक्नोलोजीको तीव्र विकास भइरहेको सन्दर्भमा कृषिलाई इन्जिनियरिङ र प्रविधिसँग जोड्दै थप वैज्ञानिक बनाउने अभियानमा नेपाल कृषि इन्जिनियरिङ सोसाइटीले नेतृत्वदायी भूमिका खेल्ने गरेको छ ।

‘कृषिको समग्र दिगो विकासका लागि यान्त्रीकरण, सिँचाइ, भूमि व्यवस्थापन, पोस्ट–हार्भेष्ट इन्जिनियरिङ, कृषिमा नवीकरणीय ऊर्जाको प्रयोग, भू तथा जलाधार व्यवस्थापन, गुणस्तरयुक्त कृषि पूर्वाधारहरूको विकास र सञ्चालन आदि कार्यमा समाजले रचनात्मक योगदान दिनेछ,’ नवनिर्वाचित अध्यक्ष चन्दले भने, ‘साथै, कृषि इन्जिनियरिङ पेसा थप आकर्षक, प्रभावकारी र व्यावसायिक बनाई नेपाली युवाहरूलाई कृषिको माध्यमबाट देशको दिगो विकासमा योगदान पुर्‍याउन सक्षम बनाउने कार्यमा सोसाइटीले सरोकारवालाहरूसँग समन्वय गर्दै अगाडी बढ्नेछ ।’ 

प्रतिकृया दिनुहोस्