×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पूर्वसांसद कोइरीलाई जेल पठाउनुका कारण पेस गर्न आदेश

पूर्वसांसद कोइरीलाई जेल पठाउनुका कारण पेस गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गरी कैद पठाउनुका कारण पेस गर्न सरकारका नाममा आदेश दिएको छ ।

आफ्ना बाबुलाई गैरकानुनी रूपमा थुनामा पठाइएको भन्दै लक्ष्मी कोइरीका छोरा मनोजकुमार महतोले  सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । त्यही निवेदनको सुनुवाइपछि न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले लक्ष्मी महतो कोइरीलाई थुनामा पठाउनुका कारण पेस गर्न आदेश दिएको हो ।

मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विकलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा उच्च अदालत जनकपुरले गतसाता एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई ५ वर्ष कैद सजाय तोकेको थियो ।

कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले केही आरोपितहरूलाई सफाइ दिने भनी जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै कोइरीको हकमा पाँच वर्ष कैद सजाय हुने फैसला गरेको हो ।

१० वर्षभन्दा कम सजाय पाएका व्यक्तिले थुनाबाहिर रहेको भए धरौटी राखेर नै त्यसविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउँछ । त्यस्तो मुद्दामा फैसला अन्तिम भएपछि मात्रै त्यसको कार्यान्वयन हुनुपर्ने भन्दै मनोजकुमार महतोले उच्च अदालतबाट फैसला हुनासाथ आफ्नो बाबुलाई पक्राउ गरेर सरकारले गैरकानुनी काम गरेको जिकिर गरेका हुन् ।

प्रतिकृया दिनुहोस्