×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

पाल्हीनन्दन गाउँपालिकाका पूर्वअध्यक्ष गुप्तामाथि भ्रष्टाचार मुद्दा

पाल्हीनन्दन गाउँपालिकाका पूर्वअध्यक्ष गुप्तामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरी परिवारका सदस्य र नातेदारको नाममा सम्पत्ति लुकाएको आरोप लगाएको हो । अख्तियारले उनीमाथि ३ करोड ४५ लाख रुपैंया भ्रष्टाचार गरेको भन्दै त्यति रकम विगो मागदाबी गरेको छ ।

गुप्ता असार, २०७४ देखि पाँच वर्ष पाल्हीनन्द गाउँपालिकाको अध्यक्ष थिए । उनले त्यो अवधिमा साढे तीन करोड रुपैंया गैरकानुनी रुपमा कमाएको भेटिएको अख्तियारको दावी छ ।

कुल ६ करोड ९७ लाख रुपैंया सम्पत्ति जोगेका गुप्ताले उनले ३ करोड ५१ लाख रुपैंया मात्रै वैध रुपमा आम्दानी गरेको अख्तियारको दाबी छ । अख्तियारले उनीसहित उनका बाबु वंशराज गुप्ता, आमा धानमती तेली, श्रीमतीहरू शारदा आचार्य गुप्ता र सुलोचना गुप्तालाई पनि सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।

प्रतिकृया दिनुहोस्