×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

ललितपुरमा बाटो हिँड्दै गरेकी युवतीलाई अश्लील हर्कत गर्ने व्यक्ति सरकारी कर्मचारी

ललितपुरमा बाटो हिँड्दै गरेकी युवतीलाई अश्लील हर्कत गर्ने व्यक्ति सरकारी कर्मचारी

काठमाडौं । ललितपुरको इमाडोलमा बाटो हिँड्दै गरेकी एक युवतीलाई अश्लील हर्कत गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडी घर भई इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका भट्ट सरकारी कर्मचारी हुन् । ‘उनी शिक्षा क्षेत्रको अधिकृत स्तरको सरकारी कर्मचारी रहेको पाइएको छ’ एक प्रहरीले  भने ।

सरकारी कर्मचारी भट्टले एक्लै बाटो हिँड्दै गरेकी युवतीलाई गोप्य अंग देखाउँदै अश्लील हर्कत गरेका थिए । आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् ।

त्यसपछि खोजी सुरु गरेको प्रहरीले उनलाई पक्राउ गरेको हो । आफूमाथि अशिलल हर्कत गरेपछि ती पुरुषलाई फलो गर्दै युवतीले भिडियो खिचेकी थिइन् । त्यसपछि उक्त भिडियो सार्वजनिक गर्दै पक्राउ गर्न आग्रह गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्