काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १ हजार रुपैयाँ घटेर प्रतितोला दुई लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँ बढेर प्रतितोला पाँच हजार ८० रुपैयाँमा कारोबार भैरहेको छ ।