भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं । नेपाल शिक्षक महासंघले भदौबाट आन्दोलन गर्ने भएको छ । शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले भदौबाट आन्दोलन गर्ने निर्णय गरेको महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

परिषद् बैठकले आगामी भदौबाट आन्दोलन गर्ने लगायतका १५ बुँदे निर्णय सार्वजनिक गरेको छ । आन्दोलनको मिति र कार्यक्रम तय गर्ने अधिकार परिषद्‍बाट विस्तारित कार्यादलीय बैठकलाई प्रत्यायोजित गरिएको महासंघले जनाएको छ ।

विगतका र समसामयिक नयाँ शैक्षिक तथा पेसागत माग समेत समावेश गरी भदौदेखि आन्दोलन गर्ने निर्णय भएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

हेर्नुहोस् महासंघका निर्णयहरू :

   

 

 

प्रतिकृया दिनुहोस्