प्रधानमन्त्री बालेनले सार्वजनिक गरे चौमासिक प्रगति विवरण प्रधानमन्त्री बालेनले सार्वजनिक गरे चौमासिक प्रगति विवरण
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रधानमन्त्री बालेनले सार्वजनिक गरे चौमासिक प्रगति विवरण

प्रधानमन्त्री बालेनले सार्वजनिक गरे चौमासिक प्रगति विवरण

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चौमासिक प्रगति विवरण सार्वजनिक गरेका छन् । उनी १३ चैत २०८२ मा प्रधानमन्त्री बनेका थिए ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम तयार गरी चौमासिक प्रतिवेदन सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

चौमासिक प्रतिवेदन भए पनि यसमा वैशाख, जेठ र असार तीन महिनामा भएका कामहरूको विवरण मात्रै छ ।

जसमा कार्यालयको स्वरूप र प्रकृति, कार्यालयको काम, कर्तव्य र अधिकार, कार्यालयमा रहेका कर्मचारी विवरण समावेश छ । साथै, प्रधानमन्त्री कार्यालयले गरेका मुख्य कामको विवरण पनि राखिएको छ ।

मन्त्रिपरिषद्का बैठक र निर्णयहरूबारे लेखिएको छ, ‘२०८३ साल वैशाख १ गतेदेखि असार मसान्तसम्म २१ वटा मन्त्रिपरिषद् बैठक बसी ३८४ वटा निर्णयहरू भएको ।’

यस अवधिमा मन्त्रिपरिषद्का विभिन्न समितिको ८ वटा बैठक सम्पन्न भई १२ वटा निर्णयहरू भएको पनि विवरण छ ।

नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ को तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको, शून्य बाँकी फाइल अभियान सञ्चालन गराउने व्यवस्थाका लागि मार्गदर्शन सबै मन्त्रालय/निकाय/ आयोग र स्थानीय तहहरूमा पत्राचार गरी एकीकृत प्रगति प्रतिवेदन माग गरिएको पनि उल्लेख छ ।

प्रतिकृया दिनुहोस्