×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रतिनिधि सभाका सचिव अधिकारीको राजीनामा स्वीकृत

प्रतिनिधि सभाका सचिव अधिकारीको राजीनामा स्वीकृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले  संघीय संसद्को प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिएको राजीनामा स्वीकृत गरेका छन् । 

अधिकारीले प्रतिनिधि सभाको सचिव पदबाट आइतबार राष्ट्रपतिसमक्ष राजीनामा पेस गरेका थिए । 

संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम भोलिदेखि लागु हुनेगरी उनको स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्