×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

भोटेकोशीमा बोलेरो खस्यो, २ जना बेपत्ता

भोटेकोशीमा बोलेरो खस्यो, २ जना बेपत्ता

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक भोटेकोशी गाउककपालिका–४ हिन्दीमा बोलेरो भोटेकोशीमा खसेको छ । तातोपानीबाट बाह्रबिसे तर्फ आउदै गरेको बा २१  च ७५४४  को बोलेरो सड्कबाट भोटेकोशी नदीमा खस्दा दुर्घटना हुँदा चालक र सहचालक बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार बोलेरो भोटेकोशीमा खसेर सर्लाही बरथहवा नगरपालिका २  बस्ने २३ वर्षीय राजेश कुमार कुसवाह (चालक) र २५ वर्षीय राम प्रवेश महत्तो (सहचालक) बेपत्ता भएका छन् ।

उनीहरूलाई भोटेकोशीले बगाएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको बोलेरोलाई स्काभेटरको सहयोगमा डोरी लगाएर तान्ने बेलामा १ जना पुरुष व्यक्तिको शव भोटेकोशी नदीले बगाएको र अर्को शव पहिलेनै बगाएको हुनसक्ने प्रहरीले जनाएको छ ।

भोटेकोशीले बगाएको व्यक्तिको शव प्रहरी चौकी हिन्दी र इलाका प्रहरी कार्यालय बाह्रबिसेले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्