×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त

प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त

काठमाडौं । प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्तिको लागि सिफारिस गरिएको छ । सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको सिफारिस गरेका हुन् ।

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।

झापाको शिवसताक्षी– २ निवासी राई सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।
 

प्रतिकृया दिनुहोस्