×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

उपसभामुखमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता

उपसभामुखमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता

काठमाडौं । उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ । उनी राप्रपाको समानुपातिक सांसद हुन् । लामाको प्रस्तावकमा राप्रपा दलका नेता ज्ञानेन्द्र शाही छन् । समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन् ।

उनलाई रास्वपाले समर्थन गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् । प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले अब संवैधानिक व्यवस्था अनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख चाहिन्छ ।

त्यसैले संसद्मा प्रतिनिधित्व गर्ने दलहरू मध्ये अन्य ठूला दललाई रास्वपाले समर्थन नगर्ने संकेत देखाएपछि राप्रपाका नेताहरूले रास्वपासँग संवाद गरिरहेका थिए ।

यसअघि रास्वपा सभापति रवि लामिछाने र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीबीच कुराकानी समेत भएको थियो । ‘आज पनि कुरा भएको छ। रास्वपाले समर्थन गर्ने संकेत दिएको छ’ राप्रपाका एक शीर्ष नेताले भने ।’

पहिलोपटक संसदमा प्रवेश गरेको श्रमसंस्कृति पार्टीले पनि उपसभामुखको मनोनयन दर्ता गराउने तयारीमा छ । उसले वैचारिक रुपमा नै रास्वपाप्रति संसद् अहिलेबाट नै कडा रुपमा प्रश्न उठाइरहेको छ ।

त्यसैले रास्वपाले श्रम संस्कृति भन्दा राप्रपालाई समर्थन गर्ने सम्भावना देखिएको छ ।

प्रतिकृया दिनुहोस्