×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रदर्शन

भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरुले सोमबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

भाषा तथा सीप परिक्षा उतीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई बर्ष म्याद थप गर्न उनीहरुले माग गरेका छन् । साथै उनीहरुले भाषा तथा सीप परीक्षा उत्तीर्ण भएकाहरुको फाइल पुन रोजगारदातासम्म पठाउन माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरुले सबै कुरामा फिट भएर पनि कोरिया नलैजाने सिस्टम खारेज गर, हामीलाई आश्वासन होइन नतिजा दे भन्दै श्रममन्त्री विरुद्ध  नाराबाजी गरेका थिए ।

प्रतिकृया दिनुहोस्