पूर्वसांसद सन्तोष चालिसे विरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा
मङ्सिर २८, २०८२काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका निवर्तमान सभापति सन्तोष चालिसेमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गोकर्णेश्वर नगरपालिकाको मेयर भएका बेलामा उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको हो । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर भएको छ ।
सबै पढ्नुहोस