×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

एकीकृत समाजवादीको कार्यालय तोडफोड

एकीकृत समाजवादीको कार्यालय तोडफोड

भदौ २३, २०८२

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तोडफोड भएको छ । काठमाडौँ को आलोकनगरमा रहेको पार्टी कार्यालयमा तोडफोड भएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए । नेता ज्वालाका अनुसार ढुंगामुढाबाट कार्यालयका र झ्यालका सिसाहरू फुटेका छन् । त्यस्तै गेट समेत तोडफोड गरिएको छ । आन्दोलनकारीले आगो समेत लगाउने प्रयास गरेका थिए । तोडफोडपछि प्रहरीले सुरक्षा दिएको ज्वालाले जानकारी दिए ।

सबै पढ्नुहोस