मनाङ प्रदेशसभा–२ उपनिर्वाचनको कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)
भदौ १७, २०८२काठमाडौँ । आगामी कात्तिक १७ गते हुने मनाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका अनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिनेछ ।
सबै पढ्नुहोस