राप्ती नदीमा छाडियो १३३ गोही
साउन १५, २०८२चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका १३३ गोहीलाई राप्ती नदीमा छाडेको छ । ती मध्ये दुईवटा भाले र अन्य पोथी छन् । गत अर्थिक वर्षमा विभिन्न समयमा ती गोही राप्ती नदीमा छाडिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्ष छाडिएका गोही सहित २०९० गोही प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडिएको छ ।
सबै पढ्नुहोस