ह्वात्तै घट्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?
जेठ ३, २०८३काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ४ हजार ५ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३ सय ३० रुपैयाँ घटेर प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस