प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
बैशाख २५, २०८२काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा आकस्मिक, शून्य समयका कार्यक्रममा सांसदहरूले समसामयिक विषयमा कुरा उठाएका थिए । त्यस्तै वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने क्रम आज पनि जारी रह्यो ।
सबै पढ्नुहोस