पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहितका जिल्लामा वर्षा
फाल्गुण १६, २०८१काठमाडौं । हिउँदयामको अन्तिम अवधिमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहितका जिल्लामा पानी परेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी प्रभाव रहेकाले बढी पानी परिरहेको छ । पूर्वतर्फ कम प्रभाव रहेकाले पानी पनि कम परेको छ । यो समाचार तयार पार्दासम्म सबैभन्दा बढी वर्षा बैतडीमा भएको छ । गत २४ घण्टामा बैतडीको डिलासैनीमा ३९ मिलिमिटर र गोठालपानीमा ३४ मिलिमिटर वर्षा भएको छ । यसैगरी बाजुरामा ३८, जुम्लामा ३३ र कालिकोटमा ३०
सबै पढ्नुहोस