नेप्से परिसूचक ७.०१ अंक बढेर २६९६ अंकमा
बैशाख ३, २०८२काठमाडौं । बुधबार सेयर बजार २७ सय अंक नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.०१ अंक बढेर २६९६ अंकमा पुगेको हो । कारोबारका क्रममा नेप्से २७ सय ४ अंकसम्म पुगेको थियो । बजार बढ्दा कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ८ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ७ अर्ब २६ करोडको भयो । कुल १४७ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने २ को स्थिर रह्यो ।
सबै पढ्नुहोस