×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

काठमाडौंमा वायु प्रदूषण बढ्न थाल्यो, सबैभन्दा खराब वायु शंखपार्क क्षेत्रमा

काठमाडौंमा वायु प्रदूषण बढ्न थाल्यो, सबैभन्दा खराब वायु शंखपार्क क्षेत्रमा

कार्तिक ११, २०८१

काठमाडौं । काठमाडौंमा वायु प्रदूषण बढ्न थालेको छ । अहिले बिहान साढे १० बजेसम्म सबैभन्दा खराब वायु काठमाडौंको शंखपार्क क्षेत्रमा छ । सो क्षेत्रमा एयर क्वालिटी इन्डेक्स ११३ रहेको वातावरण विभागको एयर क्वालिटी मनिटरिङ सिस्टममा उल्लेख छ । शंखपार्क क्षेत्रको वायुको गुणवत्ता खराब रहेको भनेर सुन्तला रंगले संकेत गरिएको छ । यसैगरी रत्नपार्क, भक्तपुर र दाङ देउखुरी क्षेत्रमा पनि प्रदूषित वायु रहेको वातावरण विभागले जनाएको छ ।

सबै पढ्नुहोस