कोशी प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य
असोज ५, २०८१काठमाडौं । कोशी प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य भएको छ । शुक्रबार रातिदेखि लागू हुने गरी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका हुन् । पाँचौं अधिवेशनमा २१ वटा बैठक बसेको थियो । यो अधिवेशनले आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पास गरेको थियो । यही अधिवेशनमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुईपटक विश्वासको मत लिए ।
सबै पढ्नुहोस