साउन महिनामा चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा
असोज १०, २०८१काठमाडौँमा । चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको साउनमा १० करोड १३ लाखले बचतमा रहेको चालु खाता यो साउनमा २३ करोड ४ लाखले बचतमा छ । चालु खाताअन्तर्गत वस्तु तथा सेवा व्यापार खाता, आम्दानी खाता र ट्रान्सफर खाता रहेका हुन्छन् । साउनसम्म खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ ल
सबै पढ्नुहोस