मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार खनालले दिए राजीनामा
बैशाख ३०, २०८३विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले राजीनामा दिएका छन् । खनालले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो जिम्मेवारीबाट अलग भएको बताएका हुन् । उनी कार्कीको विश्वासपात्र हुन् । राजीनामाको कारण भने खुलेको छैन । खनालले भने पार्टी राजनीतिमा सक्रिय हुन जिम्मेवारीबाट अलग भएको उल्लेख गरेका छन् । हिक्मतकुमार कार्की पहिलो प्रदेशसभा निर्वाचनपछि प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बने
सबै पढ्नुहोस