राजधानीमा एकाबिहानै देखि वर्षा, उडान प्रभावित
बैशाख १८, २०८२काठमाडौँ । काठमाडौँमा आज बिहानैबाट वर्षा भइरहेको छ । बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भएको हो । हल्का वर्षा भइरहे पनि काठमाडौँको आकाश धुम्म भइरहेको छ । प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान समेत प्रभावित बनेका छन् । काठमाडौँबाट विभिन्न स्थानमा हुनुपर्ने उडानहरू डिले भएका छन् ।
सबै पढ्नुहोस