अब राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छः प्रधानमन्त्री
फाल्गुण २२, २०८१काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब राजतन्त्र फर्किन सम्भव नभएको बताएका छन् । मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै ओलीले सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिए । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गर्दै ओलीले भने, ‘अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन ।’ उनले औद्योगिक विकास र रोजगारी सृजनामा सरकारले प्राथमिकता दिने समेत बताए । 
सबै पढ्नुहोस