४२.५८ अङ्कले घट्यो सेयर बजार
माघ १३, २०८२काठमाडौँ । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट भएको छ । मंगलबार बजार बन्द हुँदासम्म नेप्से परिसूचक ४२.५८ अङ्कले घटेर २७२६.५१ विन्दुमा ओर्लिएको हो । बजार परिसूचक घटे पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ । आज दिनभरिमा ३ सय ३३ वटा कम्पनीका ३ करोड २ लाख खरिदबिक्री हुँदा कुल १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबै पढ्नुहोस