×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित, सहमति पत्रमा हस्ताक्षर

भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित, सहमति पत्रमा हस्ताक्षर

काठमाडौं । नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल औपचारिक रुपमा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।

आज सात बुँदे सहमति गरेर रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् ।

सहमति पत्रमा  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्ताव भीम रावलको हस्ताक्षर छ ।

अब केहीबेरमा राष्ट्रिय सभागृहमा आयोजना हुने समारोहबाट एकताको औपचारिक घोषणा गरिने छ ।

प्रतिकृया दिनुहोस्