माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी

माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ। 

आइतबार बसेको बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरू केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एसिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरू सम्बन्धित देशबाट अनलाइनमार्फत जोडिएका छन् । 

माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको तयारी स्वरूप आयोजना गरेको प्रदेश परामर्श बैठकको यो अन्तिम शृङ्खला हो । योसँगै प्रदेश परामर्श बैठक सकिने र केन्द्रीय समिति बैठकको तयारीमा जुट्ने सो पार्टीले जनाएको छ ।

बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकका अन्य शृङ्खलाभन्दा यसपटक भिन्न तरिकाले उच्च जनवादको अभ्यास गरिएको बताए । पार्टी केन्द्रीय समितिको बैठकअघि नै सबै केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूले पार्टीको आगामी कार्ययोजनाबारे आफ्नो मत राख्न पाउने गरी प्रदेश परामर्श बैठक आयोजना गरिएकाले यो अहिलेसम्मकै फरक अभ्यास भएको र यसबाट सार्थक परिणाम आउने उनले विश्वास व्यक्त गरे । 

प्रक्रियाका हिसाबले यो बैठक नै भए पनि सारमा वृहत् भेलाकै रूपमा परामर्श बैठकहरू सम्पन्न गरिएको उल्लेख गर्दै उनले अब सबै प्रदेश र समितिहरूबाट आएका सुझावलाई केन्द्रीकरण गरेर दस्ताबेज तयार गरी आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने बताए । 

बैठकमा सहभागीहरूका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गर्ने कार्यक्रम छ। माओवादी केन्द्रले यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, कोशी प्रदेश, मधेस प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समिति र अमेरिका तथा यूरोप संगठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ।

प्रतिकृया दिनुहोस्