×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

स्ववियु निर्वाचनमा भाग लिन २२ विद्यार्थी संघ संगठनले गराए नाम दर्ता (सूचीसहित)

स्ववियु निर्वाचनमा भाग लिन २२ विद्यार्थी संघ संगठनले गराए नाम दर्ता (सूचीसहित)

काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भाग लिन २२ वटा विद्यार्थी संघ संगठनले नाम दर्ता गराएका छन् ।

शीर्ष राजनीतिक दलका विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, अखिल (क्रान्तिकारी) बहुमत लगायतका संगठनले आफ्नो नामावली दर्ता गराएको त्रिवि क्याम्पस प्रमुख अक्कलदेव मिश्रले जानकारी दिए ।

दर्ता गरेका नाममध्येबाट छानबिन गरेर यथाशिघ्र नामावली प्रकाशन गरिने स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत प्रा.डा. कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । २०७९ चैतमा भएको निर्वाचनमा १९ विद्यार्थी संघसंगठनले भाग लिएका थिए ।

निर्वाचनमा सहभागी हुन सम्बन्धित क्याम्पसमा पनि विद्यार्थी संगठन समूह दर्ता हुनुपर्ने व्यवस्था छ । देशका केही क्याम्पसमा प्रमुख विद्यार्थी संगठनहरूले अध्यक्षसहितका उम्मेदवारको नामावली घोषणा गर्न थालिसकेका छन् ।

निर्वाचनका लागि त्रिविले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०८१ जारी गरिसकेको छ ।

२०७९ चैतमा भएको स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको २ वर्ष कार्यकाल सकिन लाग्दा त्रिवि कार्यकारी परिषद्ले निर्वाचनको तयारी गरेको हो ।

प्रतिकृया दिनुहोस्