×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

१६ अंक बढ्यो सेयर बजार

१६ अंक बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार १६.३८ अंक बढेको छ । अघिल्लो दिन १२ अंक घटेकोमा यस दिनको वृद्धिसँगै नेप्से २७५८ अंकमा कायम भएको छ ।

जुन अंक दिनभर भएको कारोबारको अधिकतम अंक पनि रह्यो । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडको भयो ।

कुल २०३ कम्पनीको मूल्य बढ्दा ५७ को घट्यो भने ८ को स्थिर रह्यो । जलविद्युत् समूह सबैभन्दा धेरै १.२९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.६१, विकास बैंक ०.३९, फाइनान्स ०.२८, होटल तथा पर्यटन ०.७५, लगानी ०.४३, उत्पादन तथा प्रशोधन ०.९५, माइक्रोफाइनान्स ०.१९, निर्जीवन बीमा ०.२८ तथा अन्य समूह ०.२७ प्रतिशत बढे ।

व्यापार समूह ०.४२ प्रतिशत घट्यो । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १४.८१ प्रतिशत बढ्यो । माबिलुङ इनर्जीको ९.६४, आँखुखोला जलविद्युतको ६.९३, सुपरखुदी हाइड्रोपावरको ६.७४ तथा झापा इनर्जीको ६.६९ प्रतिशत मूल्य बढ्यो ।

आज मूल्य धेरै गुमाउनेमा म्युचुअल फन्ड र डिबेन्चर अगाडि रहे । त्यस्तै कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी, रिडी पावर, नेसनल हाइड्रोपावर, अपी पावर र बुंगल हाइड्रोपावर छन् ।

प्रतिकृया दिनुहोस्