×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सभामुखले दुईपटक भेटेर आग्रह गर्दा पनि संसद्‌मा गएनन् प्रधानमन्त्री

सभामुखले दुईपटक भेटेर आग्रह गर्दा पनि संसद्‌मा गएनन् प्रधानमन्त्री

काठमाडौं । विपक्षीहरूको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधिसभामा उपस्थित गराउने प्रयास गरे ।

तर, प्रयास विफल भएपछि सभामुख अर्यालले विपक्षीहरूको अवरोध र नाराबाजीकाबीच संसद् बैठक अघि बढाएका छन् । सभामुख अर्याल निकट स्रोतले बताए अनुसार, आजै दुई पटक सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई भेट गरेका थिए ।

यद्यपि उनी बैठकमा जान तयार नभएपछि सभामुख अर्यालले अवरोधकाबीच बैठक अघि बढाएका हुन् । ‘उहाँ (सभामुख) ले दुईपटक भेटेर आग्रह गर्नुभयो, तर प्रधानमन्त्री बैठकमा जान तयार हुनुभएन,’ स्रोतले भन्यो ।

बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

प्रधनमन्त्री शाह उपस्थित थिएनन् । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए ।

विपक्षी दलहरूले नीति तथा कार्यक्रमदेखि निरन्तर संसद्मा प्रधानमन्त्रीको खोजी भइराखेको स्मरण गरे । आफूहरूले प्रधानमन्त्री खोज्दा उपस्थित नभइरहेका बेला सभामुखबाट समेत प्रत्येक महिना संसद्मा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन नसकेको भनेर प्रश्न उठाए ।

सात दिनसम्म पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन नसकेकिरहेका बेला प्रधानमन्त्रीले अगाडि बढाउने कार्यसूची पेस गर्न सभामा अर्को मन्त्रीलाई पठाएको भनेर विपक्षीले प्रश्न उठाएका हुन् ।

तर, विपक्षीले अवरोध नरोकेपछि बैठक स्थगित गरेर सभामुख अर्याल प्रधानमन्त्री शाहलाई भेट्न पुगेका थिए ।

प्रतिकृया दिनुहोस्