काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २९०० रुपैयाँ घटेर प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ६० रुपैयाँ घटेर प्रतिोला दुई हजार ९ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।