×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अखिल क्रान्तिकारीको खुला सचिवमा तटस्थ उम्मेदवार बस्याल विजयी

अखिल क्रान्तिकारीको खुला सचिवमा तटस्थ उम्मेदवार बस्याल विजयी

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको खुला सचिवमा तटस्थ उम्मेदवार शिशिर बस्याल विजयी भएका छन् ।

यही १२ माघमा भएको चुनावमा चार पक्षले प्यानलगत प्रतिस्पर्धा गरेका थिए ।

कुनै पनि प्यानलमा नरहेर शिशिर बस्याल खुला सचिवमा तटस्थ उम्मेदवार बनेका थिए । ११ सचिवका लागि चुनाव भएको थियो । खुला सचिवमा बस्यालसँगै प्रेम जैशी, वीरेन्द्र जिसी र सम्झना राई विजयी भएका छन् ।

छात्रा सचिवमा तिर्सना आले मगर र समकृति पुन विजयी भएका छन् ।

जनजाति सचिवमा आर्टिस्ट मोक्तान, दलित सचिवमा आशा उपरकोटी, मधेशी सचिवमा अमर मण्डल, खसआर्य सचिवमा जितेन्द्र भण्डारी र शहीद परिवारबाट युन्छो हाङ मावो भएकी छन् ।

महासचिव, उपमहासचिव र कोषाध्यक्षको नतिजा पनि आएको छ ।

महासचिवमा रोशन थापा मगर निर्वाचित भएका छन् । कोषाध्यक्षमा फूलमाया राना विजयी भएकी छन् ।

उपमहासचिवहरूमा विपिन पोखरेल (कोशी), गजेन्द्र यादव (मधेश), निर्मला गौतम (बागमती), भगवान बास्तोला (गण्डकी), रेशम अधिकारी (लुम्बिनी), प्रकाश अधिकारी (कर्णाली), रामचन्द्र भट्ट (सुदूरपश्चिम), निरोज श्रेष्ठ (उपत्यका विशेष) र जटिल कार्की (विश्वविद्यालय) निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्