नेपालमा ५२६ रोहिंग्या शरणार्थी नेपालमा ५२६ रोहिंग्या शरणार्थी
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नेपालमा ५२६ रोहिंग्या शरणार्थी

नेपालमा ५२६ रोहिंग्या शरणार्थी

काठमाडौं । नेपालमा रोहिंग्या शरणार्थीको संख्या ५२६ रहेको छ । दक्षिण सीमा नाकाबााट विभिन्न मितिमा नेपाल प्रवेश गरेका रोहिंग्याको संख्या ५२६ रहेको नेपाल प्रहरीले बताएको छ ।  जसमध्ये १६२ पुरुष, १४८ महिला र २१६ जना बालबालिका रहेको प्रहरी प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले बताए ।

उनीहरू कपन, र ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गर्दै आएका छन् । केही समय अघि प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले नेपालमा रोहिंग्या लगायतका शरणार्थी प्रवेश भएको विषय उल्लेख गरेका थिए ।

यस्ता व्यक्ति छिर्न नदिनका लागि सीमा नाका सुरक्षा व्यवस्था समेत बलियो बनाइएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्