कांग्रेसको इतर समूह राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने कांग्रेसको इतर समूह राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कांग्रेसको इतर समूह राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने

कांग्रेसको इतर समूह राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने जानकारी दिएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त समूहले साउन २९-३१ गतेसम्म हुने राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी गराएको हो ।

राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाले देउवा साउन २६ गते स्वदेश आउने र उक्त भेलामा सहभागी हुने बताए । त्यस्तै उनले  देउवा स्वदेश फर्किँदा राज्यको तर्फबाट धरपकड भए त्यसको विरोध गर्ने जनाए ।

जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा अहिले श्रीमती आरजु राणासहित हङकङमा छन् ।

उनी साउन २६ गते साँझ नेपाल फर्किने उनीनिकटका नेताहरूले जानकारी दिएका छन् । उनीमाथि राज्यको तर्फबाट धरपडक हुने आशंका व्यक्त गर्दै सोधिएको प्रश्नमा कोइरालाले भने, ‘उहाँमाथि धरपकड भए विरोध गर्छौं ।’

प्रतिकृया दिनुहोस्