×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आजै मात्रै काठमाडौं आएका विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेसँगै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न पुगेका हुन् ।

राष्ट्रपति पौडेललाई भेट्न उनी शीतलनिवास पुगेका थिए । सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आएका हुन् ।

सोमबार पशुपतिनाथको दर्शन गरेर भारत फर्किने कार्यक्रम तय गरेका मिश्री आजै सबै महत्त्वपूर्ण भेटवार्ता गर्ने बताइएको छ । मिश्री यही भदौ ३१ गते हुने प्रधानमन्त्री ओलीको तयारीको लागि काठमाडौं आएका हुन् । आज हुने भेटवार्ताहरूमा भ्रमणका एजेन्डाका विषयमा पनि छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस्