काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ९ हजार ५०० रुपैयाँ घटेर प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन तोलामा १४ हजार ४०० रुपैयाँ बढेर प्रतितोला तिन लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा ६ सय २० रुपैयाँ घटेर प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।