×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सीडीओ कार्यालयहरुलाई ११ विषयमा गृहमन्त्रालयको निर्देशन

सीडीओ कार्यालयहरुलाई ११ विषयमा गृहमन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय (सीडीओ) कार्यालयहरुमा ११ फरक विषयहरूमा विभिन्न निर्देशन दिएको छ ।

शान्ति सुरक्षा तथा अपराध अनुसन्धान, सुशासन, नियमन, समन्वय र सार्वजनिक सेवा प्रवाह सहजीकरण, निर्वाचन सुरक्षा लगायतका विषयमा निर्देशन दिएको हो ।

जेनजी आन्दोलनपछि तत्काल र दीर्घकालीन रुपमा देखा पर्ने सुरक्ष चुनौतीहरु पहिचान र विश्लेषण गर्ने, त्यसका लागि सूचना संकलन गर्ने निर्देशन दिएको छ ।

७ पेज लामो ११ फरक विषयहरुमा मन्त्रालयले दिएको निर्देशनमा निर्वाचन सुरक्षाका विषयहरु पनि औंल्याइएको छ । जहाँ २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावका लागि सबै सरोकारवालहरुसँगको समन्वयमा जिल्लास्तरमा निर्वाचनमैत्री वातारण बनाउँदै लैजानुपर्ने उल्लेख गरिएको छ ।

हेर्नुहोस् गृहमन्त्रालयको विज्ञप्ति  

  

    

प्रतिकृया दिनुहोस्