×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पूर्वमन्त्री अधिकारी थप ५ दिन हिरासतमा रहने

पूर्वमन्त्री अधिकारी थप ५ दिन हिरासतमा रहने

काठमाडौं । मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहने भएका छन् ।

हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीलाई मंगलबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।

अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको परिसरका एक प्रहरी अधिकारीले बताए । कात्तिक दोस्रो हप्ता जापान जाँदा असम्बन्धित व्यक्तिलाई पनि लिएर गएपछि एमाले प्रदेशसभा सदस्य तथा तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारी छानबिनमा परेका हुन् ।

प्रतिकृया दिनुहोस्