सुनसरीमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या
असार ३०, २०८२काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ । सोमबार बिहान साढे २ बजेतिर अरसी खातुनमाथि गोली प्रहार भएको हो । प्रारम्भिक अनुसन्धानबाट उनको भिनाजु नाता पर्ने अजाद मियाँ जटले गोली प्रहार गरेको थाहा भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए । आरोपी भारतीय नागरिक हुन् ।
सबै पढ्नुहोस