सुनचाँदीको मुल्य घट्यो, प्रतितोला कति ?
चैत १२, २०८२काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २९०० रुपैयाँ घटेर प्रतितोला दुई लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा १४ हजार ६ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १०० रुपैयाँ घटेर प्रतितोला ४ हजार ८ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस