काठमाडौंबाट ९२ लाख नगदसहित तीन जना पक्राउ
पुस १०, २०८१काठमाडौं । काठमाडौंबाट प्रहरीले ९२ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले ९२ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार अहिले पक्राउ परेकालाई नियन्त्रणमा राखेर अनुसन्धान अघि बढाइएको छ । उनीहरू काठमाडौंको बौद्ध जोरपाटी क्षेत्रबाट पक्राउ परेका हुन् ।
सबै पढ्नुहोस