डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा माओवादी विजयी
मङ्सिर १७, २०८१काठमाडौं। हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका( ५ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाक्री विजयी भएका छन्। उनी १६१ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका नरबहादुर रोकाले ११६ र नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत पाएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ। यहाँ यसअघि २०७९ को स्थानीय तह निर्वाचनबाट यो वडामा एमालेले जितेको थियो।
सबै पढ्नुहोस