×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

जोशी हाइड्रोपावरको हकप्रद सेयर खरिदका लागि आवेदन पेश गर्ने समयावधि थप

जोशी हाइड्रोपावरको हकप्रद सेयर खरिदका लागि आवेदन पेश गर्ने समयावधि थप

काठमाडौँ । जोशी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन पेश गर्ने समयावधि थप गरिएको छ । सुरुमा आवेदन दिने म्याद भदौ ४ गतेसम्म तोकिएको भए पनि माग अनुसार पर्याप्त आवेदन नपरेको भन्दै कम्पनीले भदौ १९ गते सम्मका लागि समयावधि थप गरेको हो ।

हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँको ६५ प्रतिशत अर्थात २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर (१ः०.६५ अनुपातमा) १०० रुपैयाँ अंकित दरमा जारी गरेको छ ।

कम्पनीले हकप्रद निष्कासनका लागि असार ८ गते बुक क्लोज गरेको थियो, जसअनुसार असार ७ गतेसम्म नेप्सेमा सेयर किनेकाले मात्र हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन् ।

यस हकप्रद सेयरको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको । लगानीकर्ताले क्यापिटलको काठमाडौँ कार्यालय, जोशी हाइड्रोको कार्यालय, लक्ष्मी सनराइज बैंकको इलाम शाखा, सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ प्रणालीबाट आवेदन दिन सक्नेछन् ।
 

प्रतिकृया दिनुहोस्