आज फेरि तोलामा ३ हजार घट्यो सुन
बैशाख १६, २०८३काठमाडौं । अघिल्लो दिन ३ हजार रुपैयाँ घटेको सुन आज फेरि ३ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो भने अघिल्लो दिन मंगलबार २ लाख ९७ हजार ५ सयमा झरेको थियो । गत बुधबार ३ लाख ५ सय रुपैयाँमै सुनको कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
सबै पढ्नुहोस