इण्डियन आइडल पवनदीप कार दुर्घटनामा गम्भीर घाइते
बैशाख २३, २०८२काठमाडौं । इण्डियन आइडल पवनदीप राजन कार दुर्घटनामा गम्भीर घाइते भएका छन् । उत्तर प्रदेशको अमरोहामा उनी सवार कार दुर्घटना भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार हाल उनको उपचार दिल्लीको फोर्टिस अस्पतालमा भइरहेको छ र उनको अवस्था स्थिर छ । सोमबार उत्तराखण्डबाट दिल्ली जाँदै गर्दा पवनदीप र उनका दुई साथी सवार कार अनियन्त्रित भएर सडक किनारमा रहेको अर्को सवारी साधनमा ठोक्किएको थियो ।
सबै पढ्नुहोस