प्रचण्डले लिए घाइते भट्टको स्वास्थ्य अवस्थाबारे जानकारी
साउन १५, २०८२काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल (क्रान्तिकारी) का उपमहासचिव रामचन्द्र भट्टलाई भेटेर स्वास्थ्य अवस्था बुझेका छन् । उनले बिहीबार अन्नपूर्ण न्युरो अस्पताल पुगेर भट्टको स्वास्थ्य अवस्था बुझेका हुन् । साउन १२ गते सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनबारे छलफल गर्ने क्रममा क्रान्तिकारीका पूर्व नेता भुवनसिंह विष्टले प्रहार गरेको ढुङ्गा लागेर उनी गम्भीर घाइते भएका थिए । चिकित्सक
सबै पढ्नुहोस